गुल्मी ग्वादी, ९ मा एक सुत्केरीको जुम्ल्याहा छोरा जन्माएको केही बेरमै बुधबार मृत्यु भएको छ ।
घरमै सुत्केरी भएको केही समयपछि अत्यधिक रक्तस्रावका कारण २६ वर्षीया चन्द्रकला बिकको मृत्यु भएको स्थानीय सूर्यबहादुर रेगामीले बताए । जन्मिएका दुई नवजात शिशु भने सकुशल रहेका छन् ।